News

Jul 20, 2009

किरात माङहिम परिसर हात्तिवनमा वृक्षारोपण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङबुङ
काठमाडौं,नेपालको राजधानी शहर काठमाडौ उपत्यका स्थायी वा अस्थायी रुपमा बसोबास गदै आएका समस्त किरातीहरुः लिम्बू, राई(खम्बू), याक्खा र सुनुवार आदि जातिको धार्मिक आस्थाको धरोहर किरात माङहिम परिसर सानो हात्तिवनमा 'किरात धार्मिक वन सानो हात्तिवन वृक्षारोपण कार्यक्रम २०६६' यही साउन ३ गते सम्पन्न भएको छ ।कार्यक्रममा किरात याक्थुङ चुम्लुङका भूतपूर्व अध्यक्ष मञ्जुल याक्थुम्बा, किरात राई यायोक्खाका पूर्व अध्यक्ष तथा प्रतिनिधि राजबहादुर राई, किरात याक्खा छुम्माका अध्यक्ष दुर्गामणि देवानलगायतको उपस्थिति र सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमको औचित्य र धार्मिक वनको इतिहास आदिवारेमा प्रमुख अतिथि मञ्जुल याक्थुम्बा तथा धार्मिक वन संरक्षण समितिका अध्यक्ष दयाप्रसाद आङबुङले प्रष्ट्याउनु भएको थियो । यसैगरी, किरात माङहिम र वन संरक्षण वा निर्माणको क्रममा भएको आर्थिक आय-व्यय विवरण वारेमा समितिका कोषाध्यक्ष शिवकुमार पाङ्गेनहाङले प्रस्तुत गर्नु भएको थियो । यसरी प्रतेक वर्ष वृक्षारोपण गरिने कार्यक्रमको निरन्तरतास्वरुप आयोजना गरिएको सो कार्यक्रममा राम्रो प्रजातिको विरुवा ल्याउने सहभागीलाई पुरस्कारसमेता वितरण गरिएको थियो । सो कार्यक्रमको सञ्चालन समितिका सचिव श्री विष्णु यक्सोले गर्नुभएको थियो ।

No comments: