News

Jul 16, 2009

विमान दुर्घटना, एक सय ७० यात्रु मारिएको आशंका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ बुधबार उत्तर-पश्चिम इरानमा एक सय ७० यात्रु बोकेको विमान दुर्घटना हुँदा विमानका सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ ।तेहरानबाट आर्मेनियाली राजधानी येरेभानतर्फ उडिरहेको क्यास्पियन एअरलाइन्सको विमान क्वाजविन सहरबाहिर जनातावाद गाउँनजिक दुर्घटना भएको इर्ना समाचार संस्थाले जनाएको छ ।क्वाजविनका आपतकाल व्यवस्थापन अधिकृत हुस्सेन बाहजादपोरले विमान टुक्राटुक्रा भएर पूर्णतः ध्वस्त भएको र भग्नावशेषहरू जलेको बताए ।सरकारी टेलिभिजनले विमानमा एक सय ७० यात्रु सवार रहेको बताएको छ ।

No comments: