News

Jul 20, 2009

प्रधानमन्त्रीले प्रचण्ड भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले इजिप्ट भ्रमणबाट फर्केको भोलिपल्टै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री नेपालले आइतबार बिहान प्रचण्डलाई नयाँबजारस्थित उनकै निवासमा गएर भेटेका थिए ।प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री नेपालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिलेर जाने विषयमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् । प्रधानमन्त्री नेपालले बजेटमाथिको छलफलमा माओवादीको अनुपस्थिति तथा राष्ट्रपतिको कदम सच्याउनुपर्ने माओवादी मागका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।२२ असारमा माओवादी र एमालेबीच राष्ट्रपतिले सेनापति रुक्मांगद कटवालमाथिको कारबाही थमौती गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिका विषयमा दलहरूबीच सहमति गरेर समाधान गर्ने सहमति भएको थियो । एक महिना अवधि सकिन अब दुई सातामात्र बाँकी छ ।स्रोतका अनुसार प्रधानमन्त्रीले बजेटमाथिको छलफलमा भाग लिन तथा सम्भव भए यही सरकारमा सहभागी भएर संविधान लेखन तथा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखेका थिए । तर, प्रचण्डले आफ्ना मागका विषयमा निक्र्यौल नभएसम्म बजेटमाथि छलफल गर्न नसकिने र सरकारमा सहभागी हुन पनि नसकिने धारणा राखेको स्रोतको भनाइ छ । केही दिनदेखि अस्वस्थ प्रचण्डको स्वास्थ्यस्थितिबारे प्रधानमन्त्री नेपालले जिज्ञासा राखेका थिए ।

No comments: