News

Jul 11, 2009

कम उमेरकी स्त्रीसँगको यौन सम्पर्कले पुरुषको आयु बढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफूभन्दा निकै कम उमेरकी स्त्रीसँगको यौन सम्पर्कले पुरुषको आयु बढ्छ । जर्मनीको म्याक्स प्लाङ्क इन्स्िटच्युटका अनुसन्धाताले यस्तै दाबी गरेका छन् । उनीहरूका अनुसार साना स्त्रीसँग दिनहुँ सेक्स गर्ने पुरुषको चाँडै मृत्यु हुने सम्भावना २०.९ प्रतिशत कम हुन्छ । त्यसका लागि पुरुषको उमेर पत्नीको भन्दा कम्तीमा १५ वर्ष बढी हुनुपर्छ । विश्वमा उमेर बढाउन मानिसहरूले जुनजुन तरिका उपयोग गर्छन् त्यसमा सेक्स सबैभन्दा राम्रो तरिका रहेको विशेषज्ञहरू बताउँछन् । यो निष्कर्षमा पुग्नुअघि म्याक्सका अनुसन्धाताहरूले डेनमार्कमा सन् १९९० देखि २००५ सम्म मृत्यु भएका पुरुषहरूको उमेर रेकर्ड अध्ययन गरेका थिए । अनुसन्धाताहरूले के पाए भने बढी उमेरमा मृत्यु भएकाहरूका पत्नी कम उमेरका थिए ।

No comments: