News

Jul 11, 2009

लेखबहादुर साङ्लोको बन्धनमा दिन काट्न बाध्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, २७ असार दक्षिणी पर्वतको बेउलीवास गाविस गोहाकुकका लेखबहादुर सुवेदी सात वर्षदेखि साङ्लोको बन्धनमा दिन काट्न बाध्य भएका छन् । मानसिक सन्तुलन गुमाएका ३० वषर्ीय उनको आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन सकेको छैन । रोजगारीको क्रममा भारत पुगेका लेखबहादुर आठ वर्षअघि घर फर्केका थिए । घर फर्केपछि उनको मानसिक सन्तुलन बिग्रेको मामा उमापति सापकोटाले बताए । 'उपचारको प्रयास सफल भएको छैन,' खर्च अभावमा थप उपचार हुन नसकेको बताउँदै उनले भने, 'अन्यत्र लैजान सक्ने स्थिति छैन ।' परिवारमा कमाउने कोही नभएकाले आफैँले भान्जाको हेरचाह गर्दै आएको उनले बताए ।परिवारले बाहिर निस्कँदा अँध्यारो कोठामा लेखबहादुरलाई साङ्लोले बाँध्ने गरेका छन् । फलामे साङ्लोले खुट्टा र ढाडमा डोरीले बाँधेर परिवारका सदस्य काममा जाने गरेको मामाले बताए । साङ्लोबाट फुत्केपछि छिमेकीलाई कुटपिट गर्ने तथा भेट्नै नसक्ने गरी भाग्ने गरेकाले बाँधेर राखिएको उल्लेख गर्दै उनले भने, 'दुई महिनाअघि साङ्लोबाट फुत्केर भागे, तीन दिनपछि मात्र फेला पारियो ।'मामाका अनुसार लेखबहादुरको परिवारमा आमासहित दुई बहिनी, एक छोरी र श्रीमती छन् । कमाउने व्यक्ति नै बिरामी परेपछि परिवारको बिचल्ली भएको पनि उनले बताए ।

No comments: