News

Jul 20, 2009

सबै सशस्त्र समूहसँग वार्ता गर्दैनौं: शान्तिमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गाइघाट, साउन ४ - शान्तिमन्त्री रकम चेम्जोङले सरकार सशस्त्र समूहसँग वार्ता गर्ने पक्षमा नहरेको बताएका छन् । आइतबार उदयपुरको गाइघाटमा मन्त्री चेम्जोङले राजनैतिक उद्देश्य बोकेका समूहसँग मात्र वार्ता हुने बताए । राजनैतिक आडमा अपराधिक कृयाकलाप गरिरहेको सशस्त्र समूहसँग वार्ता गर्नुको औचित्य नहुने भन्दै उनले राजनैतिक समूहहरुलाई भने वार्तामा आउन आग्रह गरे ।कार्यक्रममा संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्तका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले द्धन्द्ध पीडित बालबालिकाहरुको भविष्यका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग स्थापना गर्न सबैसँग आग्रह गर्ने बताए ।उनले आयोगले पीडित सबैको प्रतिनिधित्व गर्नु पर्ने र स्वतन्त्र व्यक्तित्वहरुको उच्चस्तरीय संयन्त्र बनाई आयोगका पदाधिकारी छनौट गर्नु पर्ने सुझाव दिए ।

No comments: