News

Jul 14, 2009

गच्छदार समूहको निवेदन खारेज गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ३० - मधेसी जनअधिकार फोरमको संस्थापन पक्षले छुट्टै दल दर्ता गर्न निर्वाचन आयोगमा बिजयकुमार गच्छदार समूहले दिएको निवेदन असंवैधानिक भएको दाबी गर्दै खारेज गर्न माग गरेको छ ।सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले कानुन विपरित काम गरेको आरोप लगाए ।उनले छुट्टै दल दर्ताका लागि गच्छदार समूहमा ४० प्रतिशत केन्द्रीय सदस्य नभएको ठोकुवा गरे । निर्वाचन आयोगको गतिविधिनै शंकाष्पद भएको दाबी गर्दै यादवले शक्तिको आडमा आयोगले निर्णय गरे आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए । उनले गच्छदार समूहले आयोगमा भारतीय नागरिकको हस्ताक्षर बुझाएको तथा केन्द्रीय सदस्य र सभासदलाई पैसाको प्रलोभनमा पारेर पार्टी बिभाजन गरिएको आरोप समेत लगाए ।गच्छदार समूहले भने निर्वाचन आयोगमा ३५ केन्द्रीय सदस्य मध्ये बहुमत १९ सदस्यको हस्ताक्षर बुझाइसकेको छ ।

No comments: