News

Jul 14, 2009

एमाले अध्यक्ष खनालका अंगरक्षकद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २९ - एमाले अध्यक्ष झलनाथ खनालका अंगरक्षक नुरापति नेपालले सोमबार अपरान्ह आत्महत्या गरेका छन् । काठमाडौं स्वयम्भुस्थित पार्कमा गइ उनले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रहरी नायव महानिरीक्षक विनोद सिंहले जानकारी दिए । पाल्पा घर भएका नेपाल हाल सुरक्षा महाशाखा काठमाडौंमा प्रहरी नायव निरीक्षक पदमा कार्यरत थिए । अन्दाजी ३० बर्षे नेपालले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

No comments: