News

Jul 20, 2009

हेलिकप्टर दुर्घटनामा चार नेपालीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ५ - दक्षिणी अफगानिस्तानमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मध्ये चार जना नेपाली रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । उनीहरु कान्धारस्थित सुपि्रम फ्युल कम्पनीमा कार्यरत थिए । अर्का दुई जना भने दुर्घटनाका बेला हेलिकप्टरबाट हाम फालेको कान्धारमा कार्यरत साधुराम थापालाई उदृत गर्दै राससले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।

No comments: