News

Jul 16, 2009

ब्राजिलका पूर्वफुटबल स्टार रोमारियो जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियो डे जेनेरियो/ ब्राजिलका पूर्वफुटबल स्टार रोमारियोलाई पहिलो पत्नीबाट जन्मिएका सन्तानलाई दिनुपर्ने सुरक्षा रकम उपलब्ध नगराएको आरोपमा प्रहरीले पक्राउ गरी केही समय हिरासतमा राखेको छ ।पहिलो पत्नी मोनिका सान्टोरोबाट जन्मिएका सन्तान १५ वर्षीय रोमारिन्हो र १९ वर्षीया मोनिक्वन्हालाई सुरक्षाबापत उपलब्ध गराउनुपर्ने रकम नदिएको आरोपमा रोमारियोलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एनाल्डर लोपेजले जानकारी दिए ।लोपेजले रोमारियाले पूर्वपत्नीलाई कति रकम दिन बाँकी छ भन्ने जानकारी आफूसँग नरहेको बताए पनि मोनिकाका वकिलले अदालतमा सबै प्रमाण पेस गर्ने दाबी गरेका छन् । सन् २००४ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका रोमारियो केहीबेर हिरासतमा रहे पनि आफूले रकम उपलब्ध गराएको प्रमाण प्रस्तुत गरेपछि रिहा भएका थिए ।

No comments: