News

Jul 20, 2009

आन्दोलनरत् कर्मचारीहरु काममा फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ५ - आन्दोलनरत् कर्मचारीहरु सरकारले वृद्धि गरेको तलब चित्तबुझ्दो नभएपनि मुलुकको अवस्था हेरेर काममा फर्कने सहमत भएका छन् । विभिन्न कर्मचारी संघ संगठनको सोमबार बिहान बसेको बैठकले अहिलेलाई आन्दोलन फिर्तामा लिई काममा र्फकने निर्णय गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले मुलुकको संक्रमणकालीन अवस्था र जनताप्रति थप जिम्मेवारी वोधका साथ आन्दोलन छोडी काममा र्फकने निर्णय गरिएको बताए । यद्यपी सरकारको निर्णयप्रति भने असहमति जारी रहेको लामिछानेले बताए । बिहान बसेको कार्यसमिति बैठकले माग सम्बोधन नभएकोमा आपत्ति जनाउँदै आगामी दिनमा माग पूरा गर्न सरकारसंग समझदारी र सहकार्यका साथ अघि बढ्ने निर्णय गरेको हो । यता,नेपाल निजामती कर्मचारी युनियन र संगठनले केही मागलाई सम्बोधन गरेकाले भावी निर्णय गर्न अहिले बैठक बसिरहेको छ । कर्मचारीको आन्दोलनका कारण मुलुकभरको प्रशासनिक निकायको काम प्रभावित भएपछि सरकारले आइतबार सबै तहको कर्मचारीको चार देखि छ प्रतिशत तलववृद्धि गर्नुका साथै १ हजार २ सय महगी भत्ता दिने निर्णय गरेको थियो ।

No comments: