News

Jul 14, 2009

सांस्कृतिक पहिचान चित्र प्रदर्शनीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय-अन्तर्राष्ट्रिय विषय र विम्बको प्रयोग गरेर राजधानीमा चित्रकला प्रदर्शनी गरिँदै आएको थियो । तर, मंगलबार किराँत ललितकला समाजले समापन गरेको प्रदर्शनीले दर्शकलाई नयाँ झल्को दियो ।राई, लिम्बू, याख्खा र सुनुवार, चार जातिका २४ जना युवादेखि पाका कलाकारसम्मका सांस्कृतिक चित्र प्रदर्शनीमा राखिएका थिए । एक सातासम्म चलेको प्रदर्शनीमा वरिष्ठ कलाकार टेकवीर मुखिया, समाजका अध्यक्ष रतनकुमार राई, शान्तकुमार राई, अर्जुन खालिङ, पूर्णकुमार वनेम, धनबहादुर याख्खालगायतका कलाकारका विभिन्न शीर्षकका चित्र राखिएका थिए ।किराँतको आपनै धर्म, संस्कृति तथा परम्परा भएको बताउँदै अध्यक्ष राईले कलामा पनि आफ्नो समुदायको सांस्कृतिक पहिचान देखियोस् भनेर प्रदर्शनी आयोजना गरेको जनाए ।

No comments: