News

Jul 23, 2009

राखेप सदस्य सचिवले राजीनामा दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ८ - खेलकुदमन्त्रीको दबावको कारण जनाउदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्री गणेश नेपालीसँग सुमधुर सम्बन्ध नभएको भन्दै नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको बताए ।२०६२ ०६३ को जनआन्दोलनपछि गठित संयुक्त सरकारको पालामा उनी सदस्य सचिव भएका थिए ।एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले राजीनामाको घोषणा गर्दै सरकार मातहतका निकायमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने उल्लेख गरे । कुनैपनि पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने बातावरण हुनुपर्ने उनले बताए । सरकार परिवर्तनपछि खेलकुद मन्त्रालय तराई-मधेस लोकतान्त्रिक पार्टीको भागमा परेपछि मन्त्री नेपालीले आफू निकटलाई नियुक्त गर्न उनलाई राजीनामाको लागि दबाव दिदै आएका थिए ।

No comments: