News

Sep 11, 2009

खुलामञ्च सभा 'नागरिक सर्वोच्चता' केन्द्रित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २६ माओवादीको खुलामञ्च सभा 'नागरिक सर्वोच्चता' केन्द्रित भएको छन्। सबै वक्ताहरुले 'नागरिक सर्वोच्चता' शब्दलाई दर्जनौं पटक दोहोर्याएका छन्। सरकारको आलोचना गर्न खर्चेका वक्ताहरुले दलहरुको गतिविधिका कारण शिशु गणन्त्र संकटमा परेको उल्लेख गरे। सभालाई सम्बोधन गर्दै नेता अमिक शेरचनले 'नागरिक सर्वोच्चता' स्थापनाका लागि राष्ट्रपतिले राजीनामा दिनुपर्नेमा उल्लेख गरे। अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष जयपुरी घर्तीले नेपालका यथास्थितिवादी शक्तिहरु नागरिक सर्वोच्चताविरुद्ध रहेको आरोप लगाएकी थिइन्।बाबुराम भट्टराई नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन संघर्ष समिति, नेवा राज्यले आयोजना गरेको सभालाई सम्बोन गर्न माओवादी अध्यक्ष पुष्प कमल दाहाल खुलामञ्चमा छन्।यसअघि मे दिवसमा पार्टीले खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोन नगरी दाहाल आराम गर्न झुले रिसोर्ट पुगेका थिए।

No comments: