News

Sep 16, 2009

प्रहरी महानिरीक्षक सहित नौं अधिकारीलाई कारवाहीका लागि निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३१ नेपाल प्रहरीको पार्का (निलो) ज्याकेट खरिद प्रकृयामा अनियमितता भएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसहित नौं उच्च प्रहरी अधिकारीलाई बिभागीय कारवाहीका लागि निर्देशन दिएको छ। अख्तियारकाले बुधबार विज्ञप्ति जारी गरी कारवाहीका लागि सिफारिस गरेकामा नायव महानिरीक्षक रमेश बिक्रम शाह, वरिष्ठ उपरीक्षक श्यामबहादुर खड्का, उपरीक्षक मनोज न्यौपाने, नायव उपरीक्षक गणेश रेग्मी, नायव उपरीक्षक सिद्धि बिक्रम शाह, नायव उपरीक्षक तेजानारायण शर्मा, निरीक्षक सीताराम चापागाई र निरीक्षक शम्भू ढकाल छन्।यसअगाडि आयोगले ज्याकेट खरिद गर्न सम्बन्धित ठेकेदारका नाममा सम्झौता नहुँदै १० करोड ४० लाख रुपैंयाँको चेक काट्नुको कारण बुझ्न प्रहरी प्रधान कार्यालयसँग स्पष्टिकरण मागेको थियो।अरूले भन्दा कम मूल्यमा पार्का ज्याकेट उपलब्ध गराउने टेन्डरसट्टा महागो मूल्यको ज्याकेट खरिद गर्ने नेपाल प्रहरीको निर्णयमा अनियमितता भएको उजुरीपछि अख्तियारले प्रहरी प्रधान कार्यालयबाट कागजात जफत गरेको थियो। प्रहरी स्रोतका अनुसार अख्तियारले असार २८ गते कागजात जफत गरे पनि असार १९ गते नै काटिएको चेक प्राप्त गर्न सकेको छैन।प्रहरीले प्रयोग गर्ने पार्का ज्याकेट खरिदमा अनियमितता भएकोबारे अख्तियारले असार २८ गते प्रहरी प्रधान कार्यालयबाट खरिदसम्बन्धी कागजात जफत गरेको थियो।
प्रहरीले पार्का ज्याकेट खरिदका लागि दीपक भट्ट प्रबन्ध निर्देशक रहेको आनन्द ट्रेड कन्सर्न टेकुलाई प्रति ज्याकेट २४ अमेरिकी डलर मूल्यमा ठेक्का दिने निर्णय गरेको थियो। बोलपत्र दिएका अन्य ब्यवसायीले भने आफूले आनन्द ट्रेडको भन्दा कम मूल्यमा ज्याकेट उपलब्ध गराउने अवस्थामा भ्रष्टाचार गरी महागो छानिएको आरोप लगाएका थिए।पिस नेपाल फेसन इण्डस्ट्रिज प्रालिले आफ्नो नेपाली उत्पादन १ हजार ९९ रुपैंयाँमा उपलब्ध गराउने दाबी पेस गरेको बताएको थियो। यस्तै, विदेशी उत्पादनको ज्याकेट खरिद गर्ने दाबी प्रस्तुत गरेको सिद्धि देउराली ट्रेडर्सले भने एउटा ज्याकेटको मूल्य १० डलर ९९ सेन्ट दाबी गरेको छ।प्रहरी प्रधान कार्यालयले भने सामान खरिद गर्दा गुणस्तर परीक्षण जरुरी भएको र यसरी परीक्षण गर्दा उपयुक्त देखिएको कम्पनीलाई खरिदको ठेक्का दिइएको प्रष्टीकरण दिंदै आएको थियो।

No comments: