News

Sep 17, 2009

अविश्वास प्रस्ताव गएमा पारित हुने दाबी दीनानाथ शर्माको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्ताव गएमा पारित हुने दाबी गर्नुभएको छ। प्रवक्ता शर्माले बुधबार संसदीय दलको कार्यालयमा आयोजना गर्नुभएको पत्रकार भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रममा माओवादीले सत्ताका लागि नभई देशमा संविधानभन्दा माथि कोही नहोस् भन्ने उद्देश्यले नागरिक सर्वोच्चताको आन्दोलन गरेको बताउनुभयो।माओवादीलाई सत्ता नै चाहिएको हो भने तत्काल वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर पारित गर्नेतर्फलाग्थ्यो र त्यस्तो प्रस्ताव पारित पनि हुन्छ भन्ने विश्वास पार्टीको छ भन्दै प्रवक्ता शर्माले संसद्लाई सर्वोच्च संस्था भन्ने तर संकल्प प्रस्तावमाथि छलफल गर्न नदिने योभन्दा तानाशाही प्रवृत्ति के हुन्छ भनी प्रश्न गर्नुभयो।उहाँले पार्टीको सूचना ब्युरोलाई व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी गराउँदै श्रमजीवी पत्रकार नै जनताका जीवन हुन् र पार्टीको जीवित सम्बन्ध पनि उनीहरूसँग नै हुने हो, भन्नुभएको छ।यसैबीच गणतान्त्रिक सर्म्पर्क मञ्च समन्वय समिति नेपालद्वारा विजयादशमीका अवसरमा बुधबार राजधानीमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संसद्वादी दलहरू सहमतिमा नआए कात्तिकपछि ठूलो आन्दोलनको आँधीबेहरी आउने गरी देशव्यापी राजनीतिक हडतालका कार्यक्रम ल्याउने बताउनुभयो। उहाँको थप भनाइ थियो- ‘१२ वर्षगाउँगाउँबाट जनयुद्ध लडेझैं अब शहरबाट सशक्त आन्दोलन गर्छौं ।’त्यसै गरी राजधानीमा बुधबार नै रिपोर्र्टर्स क्लबको कार्यक्रममा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएरै माओवादी सरकारमा जाने बताउनुभएको छ। उहाँले प्रधानमन्त्री नेपाललाई आन्दोलनबाटै हटाउने र माओवादीको सरकार नबनेसम्म नागरिक सर्वोच्चता नहुने दाबी गर्नुभयो।उहाँले असंवैधानिक कदम चाल्ने राष्ट्रपतिको कदमलाई ठीक भन्ने सरकार रहेसम्म कसरी नागरिक सर्वोच्चता हुन सक्छ भनी प्रश्न गर्नुभयो। उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारलाई हटाउन नै आन्दोलन सञ्चालन गरिएको र सरकार नगिराएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाउँदै लगिने बताउनुभयो।

No comments: