News

Sep 10, 2009

तराई कोब्राका इन्चार्ज राजीव प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु/ तराईमा भूमिगत रूपमा सशस्त्र आन्दोलन गर्दै आएको तराई कोब्राका कपिलवस्तु इन्चार्ज दोहनी- १ निवासी राजीव भन्ने देवेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सहयोगी अखिलेश्वर चौधरीसहित पाण्डेलाई मंगलबार राति विशेष सुराकीका आधारमा प्रहरीले कपिलवस्तुको एक अज्ञात स्थलमा पक्राउ गरेको हो ।प्रहरीका अनुसार पाण्डे एक साताअघि जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा बम विस्फोटको घटनामा संलग्न थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने बताएका छन् ।

No comments: