News

Sep 11, 2009

तीन परियोजनाको सम्झौतामा हस्ताक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री सुजाता कोइराला र चीनका विदेशमन्त्री याङ जेइचीबीच चीनको राजधानी बेइजिङस्थित विदेश मन्त्रालयमा बिहीबार सम्पन्न द्विपक्षीय वार्तापश्चात् तीनवटा विकास परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सम्झौता भएका परियोजनामा काठमाडौंको फोहोर उठाउने सवारीसाधन र उपकरणको व्यवस्था गर्ने, सुविधासम्पन्न तातोपानी भन्सारमा जाँच केन्द्र निर्माण गर्ने र काठमाडौंको बाहिरी चक्रपथको र्सर्वेक्षण गर्नेछन्।उक्त परियोजनासम्बन्धी सम्झौतामा चीनका लागि नेपाली राजदूत टंक कार्की र चिनियाँ वाणिज्य मन्त्रालयका सहायकमन्त्री चोङ क्वानले हस्ताक्षर गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय वार्ताका क्रममा परराष्ट्रमन्त्री कोइरालाले नेपाल र चीनबीच सयौं वर्षेखि मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताउँदै दुवै मुलुकले पञ्चशील र आपसी समझदारीका आधारमा सहयोगलाई विस्तार गरिरहेको चर्चा गर्नुभयो।व्यापार, लगानी र विकास सहयोगमा प्रभावकारिता जरुरी छ भन्दै मन्त्री कोइरालाले नेपालको विकासका विविध पक्षमा चीनले पुर्याएको सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो।नेपाल र चीनबीच ठूलो व्यापार घाटा रहेकोतर्फचिनियाँ पक्षको ध्यानाकर्षा गराउँदै उहाँले ४ सय ९७ प्रकारका नेपाली उत्पादनका वस्तुका निम्ति चिनियाँ बजारमा प्रवेश गर्दा शुल्क नलाग्ने व्यवस्था गर्न र विशेष आर्थिक क्षेत्रको निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो।मन्त्री कोइरालाले नेपालमा जलविद्युत् विकासमा लगानी गर्न र संरचना निर्माणमा मद्दत गर्न चीन सरकारको ध्यानाकर्षा गर्दै चिनियाँ लगानीमा सञ्चालित परियोजनाका निम्ति चीन सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको २० करोड चिनियाँ मुद्राका निम्ति आभार पनि व्यक्त गर्नुभयो।सो अवसरमा चीनका विदेशमन्त्री याङ जेइचीले नेपाल र चीनबीचको परम्परागत मैत्रीपूर्ण् सम्बन्ध अत्यन्त राम्रो रहेको र आगामी दिनमा समेत यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्दै नेपालको सामाजिक-आर्थिक विकासमा चीनले पूर्ण सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो।उहाँले नेपालका प्रधानमन्त्री माधवकुमार नेपालको निकट समयभित्र हुने चीन भ्रमणले समेत नेपाल र चीनबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याउने बताउनुभयो।

No comments: