News

Sep 15, 2009

दुई ठूलासहित ८२ वटा अन्तरराष्ट्रिय सीमा स्तम्भ हराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही, भदौ ३० - भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरी घर टहरा बनाउने क्रम बढेपछि सर्लाहीका दुई ठूलासहित ८२ वटा अन्तरराष्ट्रिय सीमा स्तम्भ हराएका छन्। भारतीय सीमासँग जोडिएका सर्लाहीका १५ गाविसमा रहेका सीमा स्तम्भमध्ये अधिकांश अतिक्रमणका कारण जीर्ण भएर नस्ट भएका छन्।
नेपाल- भारत दुवै तर्फका बासिन्दाले दसगजा क्षेत्रमा सीमा मिचेर घर टहरा बनाएपछि सङ्ग्रामपुर र सिमरा फेनरा गाविसमा रहेका दुई वटा जङ्गेपिल्लर र त्रिभुवन नगर, सिमरा, बहादुरपुर, हथिऔल, भाडसरलगायतका एक दर्जनभन्दा बढी गाविसमा रहेका ८० वटा सहायक पिल्लर हराएको बताइएको छ।
सीमा क्षेत्रको दसगजामा भारतीय पक्षबाट ८० प्रतिशत र नेपाली पक्षबाट २० प्रतिशत भूमि मिचिएको नागरिक समाज सर्लाहीले जनाएको छ।नेपाल-भारत सीमा नछुट्टिएकोले सीमामा समस्या भएको र अधिकांश क्षेत्रमा बस्ती र खेती भएको सीमाको भिडियो तस्वीर लिन गएको प्रहरी नायब निरीक्षक गोविन्दलाल कर्णले बताए।दसगजा क्षेत्र मिचिएको र सीमा हराएको बारेमा अध्ययन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बलिरामप्रसाद सिंहले जानकारी दिँदै भूमि मिचिएको भन्दा पहिला हराएको सीमा स्तम्भ पत्ता लगाई समस्या समाधानतर्फ प्रशासन अगाडि बढेको बताए।प्रजिअ सिंहले भने, 'सीमा मिचिएको बारेमा असोजको पहिलोसाता भारतीय अधिकारीसँग हुने छलफलमा कुरा उठाइ समस्या समाधानको निकास खोजिने छ।'सर्लाहीको जिल्ला प्रशासन, प्रहरी तथा नापी कार्यालयमा सीमासम्बन्धी कुनै तथ्याङ्क छैन।सीमा रक्षार्थ नेपालतर्फ छ वटा इकाइमा १७५ जना सशस्त्र प्रहरी र भारततर्फ १३ वटा इकाइमा एक हजार ५०० एसएसवी सुरक्षाफौज तैनाथ रहेको प्रशासन स्रोतले जनाएको छ।

No comments: