News

Sep 13, 2009

चार दिनसम्म देशभरका निजी उच्चमावि बन्द आहवान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सार्वजनिक उच्चमाविमा ५ जना शिक्षक दरबन्दी, शुल्क निर्धारणलगायत माग राखी आन्दोलनमा उत्रिएको अखिल (क्रान्तिकारी) ले आज आइतबारदेखि चार दिनसम्म देशभरका निजी उच्चमावि बन्द आहवान गरेको छ। गत साउन ४ गते उमाशिपमा पेस गरेको १३ बुँदे मागको बारेमा परिषद्ले कुनै चासो नदेखाएपछि बन्द आहवान गरिएको क्रान्तिकारीले जनाएको छ। बन्दका कारण देशभरका करिब ८ सय निजी उमाविमा अध्ययनरत करिब साढे २ लाख विद्यार्थीको पठनपाठन ठप्प भएको छ। क्रान्तिकारीले निजी उमावि बन्दको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन माग गर्दै पर्सि ३० र ३१ गते दुइ दिन सार्वजनिक उमाविसमेत बन्द आहवान गरेको छ। पछिल्लो समयमा उमाशि परिषद्ले दिएको सम्बन्धनपछि हाल देशभर २ हजार ४ सय ९३ वटा सामुदायिक र निजी उमावि छन्। दुवैतर्फकरिब ६ लाख विद्यार्थी अध्ययनरत छन्। अखिल क्रान्तिकारीले यही भदौ १७ गते बन्द घोषणा गरेको थियो। ‘करिब २ साता लामो प्रतीक्षा गर्दा समेत उमाशि परिषद्ले मागप्रति बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गरेका छौं’, क्रान्तिकारीका महासचिव हिमाल शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘बन्दपछि पनि मागबारे सुनुवाइ नगरे अझै कडा आन्दोलन घोषणा गर्नेछौं।’

No comments: