News

Sep 16, 2009

राष्ट्रिय झण्डाको बिषयलाई लिएर विवाद दलबीच

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३१ - राज्य पुर्नसंरचनापछि प्रान्तको संख्या अनुसार तारा अंकित नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने बताएको माओवादी र अन्य दलबीच नयाँ संविधानमा राष्ट्रिय झण्डाको बिषयलाई लिएर विवाद भएको छ ।संविधानसभाद्वारा गठित उपसमितिमा झण्डाको बिषयलाई लिएर दलहरुबीच विवाद भएको हो । बुधबार बसेको उपसमितिको बैठकमा एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीले राज्यको पुर्नसंरचनापछि मुलुकको झण्डा परिवर्तन गर्नुपर्ने अडान राखेका छन् । तर नेपाली कांग्रेस, एमाले र मजदुर किसान पार्टीले अहिलेको झण्डा राष्ट्रिय पहिचान गर्न सक्षम रहेको भन्दै परिवर्तनको आवश्यक नरहेको जिकिर गरेका छन् ।बैठकमा दलहरुबीच झण्डाको बिषयमा मत बाझिएपछि छलफल लम्विने भएको छ ।

No comments: