News

Sep 13, 2009

दक्षिण कोरियामा २० जनाभन्दा बढी नेपाली पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल, भदौ २८- दक्षिण कोरिया अध्यागमनले तोकिएको समयअघि नै गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदार हटाउन धरपकड सुरु गरेको छ। धरपकडका क्रममा अन्य विदेशीसहित २० जनाभन्दा बढी नेपाली पक्राउ परेका छन्। केहीलाई फिर्ता पठाइसकिएको छ। केहीलाई कागजपत्रका अभावमा डिटेन्सन सेन्टरमा राखिएको छ। पक्राउ पर्ने त्रासमा भिषाविहीन नेपाली श्रमिक विभिन्न धार्मिक तथा श्रमिक सेल्टरमा बास लिइरहेका छन्। गरिरहेको काम छोडेर बस्नेहरु पनि छन्। कोरिया सरकारकाले भिषाविहीन विदेशी कामदार हटाउन आगामी अक्टोबर र नोभेम्बरमा कडा धरपकड गर्ने सूचना जारी गरेको थियो। निर्धारित मितिभन्दा अगावै ठूलो संख्यामा विदेशी कामदार समातिएका हुन्।अध्यागमनले गत सेम्टेम्बर २ मा जारी गरेको सूचनामा यस महिनालाई स्वेच्छिक स्वदेश फिर्ता हुनसक्ने समय भनेकाले तत्काल धरपकड नहुने धेरैको अनुमान थियो। उक्त अनुमानविपरीत अध्यागमनले सडक र घरको कोठाबाट कामदार समाएको हो। यो धरपकडले गैरकानुनी विदेशी कामदारमा त्रास फैलिएको छ। नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष डेबिट राईका अनुसार हरेक दिन नेपाली पक्राउ हुने क्रम जारी छ। तत्काल नेपाल जानुपर्ने भएकाले पक्राउ परेका व्यक्तिहरूले नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्। गत विहीबार मात्र यहाँको बेजम्बुमा एक गर्भवती महिलासहित तीन नेपाली समातिएका थिए। उनीहरू दिनभरिको कामपश्चात किनमेल गरेर फर्कंदै थिए। ...खोटाङ स्थायी घर भएकी ती महिलाको रिहाइ गरी बच्चा जन्मदाँसम्म कोरिया बस्न दिन प्रक्रिया अघि बढाइएको छ,' राईले भने। तीन दिनअघि मात्र सोलको दोङदेमुनमा दुई नेपाली महिलालाई कोठाबाटै पक्राउ गरिएको थियो। उनीहरूविरुद्ध कसैले सुराकी गरेको अनुमान छ। सोलसँगै जोडिएको सहर इन्छनमा ६ जना नेपाली यसै साता अपार्टमेन्टबाटै पक्राउ गरेका थिए। इन्छनसँगै रहेको अर्को सहर आन्सानमा पनि करिब पाँच नेपाली पक्राउ परेका छन्। यसबाहेक देगु, बुसान र प्योन्तेकलगायतका औद्योगिक क्षेत्रमा पनि नेपाली पक्राउ परेका छन्।राईका अनुसार यसपटक कम्पनीमा काम गरिरहेको अवस्थामा नभई यसपटक कोठाभित्र वा सार्वजनिक स्थलबाट समातिएका छन्। सामान्यतयाः कोरियामा कम्पनी हातावाहिर कामदार पक्राउ गर्ने प्रचलन छैन। यसरी कम्पनीबाहिर पनि कामदार पक्राउ गरिएकाले यसपटक बिरामी, गर्भपती पनि परेका छन्। प्रतिकूल स्वास्थ्यका कारण उनीहरूलाई अध्यागमन डिटेन्सन सेन्टरमा कठिनाइ हुने अनुमान गरिएको छ। पक्राउ परेकामध्ये केहीलाई नेपाल पठाइसकिएको र केहीलाई हिरासतमा राखिएको राईले बताएका छन्। कोरियामा पक्राउ गरी नेपाल फर्काएका नैपालीहरुलाइ यसअघि त्रिभुवन विमानस्थलवाट सिधै हनुमान ढोका लाने गरिएको थियो। नेपालवाट कोरियाका विभिन्न राजनीतिक दलका नेता तथा मानवअधिकारवादीहरुलाई यहाँका नेपालीले कुनै अपराधमा संलग्न नभई भिषाविहीन भएकै कारण फर्काएकाकहरुलाई नेपालको पुलिसचौकीमा नलाने व्यवस्था मिलाउन आग्रह गरेका थिए। यसपटक पक्राउ गरी नेपाल फर्काइएकालाई प्रहरीकहाँ नबझाई सिधै घर जान दिइएको सम्बन्धित व्यक्तिहरुले बताएका छन्।

No comments: