News

Sep 18, 2009

कांग्रेसका मन्त्रीहरुलाई पार्टीको उर्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी हितविपरीत बागी उम्मेदवारी दिने ओखलढुंगा, बैतडी, बारासहितका विभिन्न जिल्लाका पार्टी नेताको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने सबै नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले बागी उम्मेदवारको प्रस्तावक र समर्थकलाई समेत बिहीबारदेखि नै साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको छ ।बैठकले पार्टी विधानको धारा १९ र ४१ का साथै कांग्रेसको नियमावली २५ विपरीत गतिविधि गरेको भन्दै उनीहरू सबैको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।बागी उम्मेदवारका पक्षमा गतिविधि गर्ने अन्य नेता तथा कार्यकर्तालाई कस्तो कारबाही गर्ने भन्ने दसैँपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ । संविधानसभा निर्वाचनको उजुरी छानबिन गर्न केन्द्रीय सदस्य चिरञ्जीवी वाग्लेको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदनलाई समेत आधार मानी थप छानबिन गरी निर्णय गर्ने कांग्रेसको निर्णयमा उल्लेख छ ।०६५ भदौमा बसेको केन्द्रीय समिति बैठकले उजुरी छानबिन गर्न वाग्लेको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले २२ भदौमा आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा बुझाएको थियो ।

No comments: