News

Sep 12, 2009

पृतनापतिहरूद्वारा प्रधानसेनापतिलाई ब्रिफिङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापतिमा छत्रमानसिंह गुरुङ नियुक्त भएकोलगत्तै शुक्रबार सैनिक मुख्यालयमा एकदिने पृतनापति सम्मेलन आयोजना गरियो। प्रधानसेनापति गुरुङले पृतनापतिहरूबीच आफ्ना योजनाहरू सार्वजनिक गर्नुभयो भने पृतनापतिहरूबाट देशभरको अवस्थाका बारेमा ब्रिफिङ पनि लिनुभयो।ब्रिफिङका क्रममा पृतनापतिहरूले अब नेपाललाई जातीय युद्धबाट खतरा हुने स्थिति देखिएको उल्लेख गर्दै त्यसका लागि सुरक्षात्मक मात्र नभई राजनीतिक पक्षको पनि सचेतता आवश्यक हुने बताएका थिए। राजनीतिक र सुरक्षात्मक सोच एक विन्दुमा नभई नेपालमा नयाँ संविधान जारी गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन कठिन हुने पृतनापतिहरूको ब्रिफिङ थियो। प्रधानसेनापति गुरुङले आफ्ना योजना सार्वजनिक गर्ने क्रममा देश संक्रमणकालबाट गुज्रिएको बेला सेनाको भूमिका अत्यन्त संवेदनशील हुनुपर्ने तर विवादवाट मुक्त पनि हुनुपर्ने बताउनुभएको थियो। उहाँले घुमाउरो शैलीमा अब राजनीतिक शक्तिहरूसँग विवाद गर्नभन्दा पनि सहकार्य गरेर शान्ति स्थापना गर्न र संविधान निर्माणमा सहयोग पुर्याउन सबै पृतनापतिलाई प्रेरित गर्नुभएको थियो।सरकारको नीति तथा कार्यक्रमलाई अक्षरश पालना गर्दै नेपाली सेनालाई व्यावसायीकरण र जुझारु सेनाको रूपमा अगाडि बढाउँदै विश्वमै उत्कृष्ट सेनाको रूपमा स्थापित गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुलुकको राष्ट्रिय विकासमा लामो समयदेखि खटिएको नेपाली सेनालाई अझ प्रभावकारी ढंगले परिचालन गर्न आफू कटिबद्ध रहेको उहाँले बताउनुभएको थियो।

No comments: