News

Sep 17, 2009

एक सय सात वर्षीय नयाँ दुलाहाको खोजीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक सय सातवटा भोटा फटाएकी एक वृद्धा अब नयाँ दुलाहाको खोजीमा छन् । यी नयाँ दुलाहा उनको जीवनका २३औं श्रीमान् बन्नेछन् । अहिलेका अर्थात् २२औं श्रीमान्सँग बस्ता असुरक्षित महसुस गरेर उनले अब २४औं बिहे गर्न चाहेकी हुन् ।मलेसियाको प्रसिद्ध अखबार द स्टारका अनुसार तोक उक नामले चिनिने मेकले आफ्नो श्रीमान्ले अर्कै तरुनी बिहे गरेर आफूलाई त्यागिदेला कि भनेर डराएकी हुन् ।
सय वर्ष लागेकी यी महिलाले २००५ मा ३७ वर्षीय मोहम्मद नुर चे मुसासँग बिहे गरेकी थिइन् । दुवै दुलाहा-दुलहीको उमेरमा यति ठूलो अन्तर भएपछि उनको बिहेले धेरै मानिसको ध्यान तानेको थियो । धेरैले यस बिहेको कुरा गर्न नरुचाए तापनि तोक उक स्वयंले भने बिहेको केही समयपछि सञ्चारमाध्यमलाई आफू प्रशन्न रहेको बताएकी थिइन् ।मोहम्मद नुर, लागूपदार्थका दुव्र्यसनी हुन् र उनी हाल तोक उकलाई तेरेन्गानु राज्यको क्वाला बेराङमा एक्लै छाडेर लागूपदार्थ पुनस्र्थापन कार्यक्रममा उपचार गरिरहेका छन् । समाचारपत्रका अनुसार कुनै छिमेकीले उनलाई गाडीमा पुर्‍याइदियो भने उनी आफ्नो श्रीमान्लाई भेट्न जाने भएकी छन् । उनले आफूलाई असुरक्षित महसुस गरे पनि उनले अर्को बिहेको कल्पनै नगरेको र ऊबिना उनी एक्लै हुने बताइन् । आफूले सुन्दर मानिस नखोजेको तर आफू बाँचुन्जेल साथमा रहने कसैको खोजी रहेको उनको भनाइ छ ।

No comments: