News

Sep 13, 2009

नेपाली बजारमा पनि सुनको मूल्य उच्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २७ सुनको मूल्य १७ महिनाकै उच्च विन्दुमा पुगेको छ। लगानीकर्ताहरु सुक्षत लगानी खोज्दै सुनतिर आकर्षित भएपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नेक्रम सुरु भएको थियो।अन्तराष्ट्रिय बजारलाई 'फलो' गर्दै नेपाली बजारमा पनि सुनको मूल्य उच्च रह्यो। साताको पहिलो दिन आइतबार र अन्तिम दिन शुक्रबार सुनको मूल्य समान रहेपनि बाँकी दिनमा मूल्य उतार चढाव कायम रह्यो। सुनको मूल्य लगातार बढेकाले चाडको समयमा सुनका गहना किन्ने योजना बनाएका उपभोक्ताहरुले बढी मूल्य तिर्नुपर्ने भएको छ।अन्तराष्ट्रिय बजारमा गत साता प्रति आउन्स सुनमा ४० डलर बढ्यो। त्यसलाई पछ्याउँदै नेपाली बजारमा सुनको भाउ बढ्यो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार सुनको मूल्य प्रति दशग्राम २५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भयो। सोमबार सुनको मूल्य केही तल झर्‍यो र प्रति दशग्राम २५ हजार २ सय ९० मा कारोबार भयो। सातामा सबैभन्दा सस्तोमा सुनको कारोबार बिहीबार भयो। यो दिन १० ग्राम सुनको मूल्य २५ हजार १ सय ४० रुपैयाँ थियो। सातामा वुधबार सुनको मूल्य साताकै सबैभन्दा माथि पुग्यो। वुधबार २५ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ। अन्तराष्ट्रिय बजारमा गत साता अमेरिकी डलर अन्य अन्तराष्ट्रिय मुद्राको तुलनामा कमजोर भएकाले त्यसको असर सुन बजारमा पर्‍यो। सुन किन्नेको संख्या बढ्न थालेपछि मूल्यवृद्धि हुँदै प्रति आउन्स १ हजार डलरमा यसको कारोबार भयो। सुन बजारलाई पछ्याउँदै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति आउन्स १६ दशमलव ९० डलरमा कारोबार भयो। यसको असर नेपाली बजारमा पर्‍यो र एक सातामा प्रति दशग्राम चाँदीमा १० रुपैयाँ बढ्यो। साताको पहिलो दिन दश ग्राम चाँदीको मूल्य ४ सय ८ रुपैयाँ रहेकोमा अन्तिम दिन ४ सय १८ रुपैयाँमा कारोवार भयो। वुधबार चाँदीको मूल्य सबैभन्दा माथि प्रति १० ग्राम ४ सय २२ रुपैयाँमा कारोबार भयो।

No comments: