News

Sep 12, 2009

प्रधानमन्त्री बन्ने प्रस्ताव आएको रामचन्द्र पौडेलको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २७ - नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई भेटेर प्रधानमन्त्री वन्न प्रस्ताव राखेको खुलासा गरेका छन् । आफूले त्यस्तो प्रस्ताव अश्विकार गरेपछि माओवादीले अहिले सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउन सभापति गिरिजाप्रसाद कोइरालालाई फकाइरहेको पनि बताए ।तनहुँ कांग्रेसद्वारा शनिवार दमौलीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले विभिन्न राजनीतिक दलवाट समर्थन गुमाउँदै गएको माओवादीको प्रलोभनमा आफू नफस्ने जवाफ दिएको वताए । पौडेलले भने, 'मैले प्रचण्डलाई वर्तमान सरकारलाई नै हाम्रो समर्थन रहन्छ भनें ।' नागरिक सर्वोच्चताको नाममा माओवादीले संसद वहिष्कार गर्नुले उनीहरु नयाँ संविधान वनाउन नचाहने प्रस्ट भएको समेत वताउँदै भने, 'माओवादीले आफ्नो हठ त्यागेर नयाँ संविधान निर्माण गर्न सहयोग पुर्‍याउनु नै वुद्धिमानी हुन्छ ।' नेता पौडेलले शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको व्यावहार अझै नसच्चिएकोले माओवादीका प्रलोभनमा लागेर माधव नेपाल नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने वताए ।

No comments: