News

Sep 18, 2009

आदिवासी जनजातिहरूको हक सुनिश्चित गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय एकता र जातीय सहिष्णुता कायम गर्दै आदिवासी जनजातिहरूको हकअधिकारलाई संविधानले सुनिश्चित गर्नुपर्ने खाँचो एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्। राम्रो नेपालद्वारा बिहीबार आयोजित सो कार्यक्रममा संवैधानिक समितिका अध्यक्ष एवम् सभासद् नीलाम्बर आचार्यले सदियौंदेखि पछाडि पारिएका वर्ग र समुदायले न्याय पाउनुपर्ने बताउँदै तर यस क्रममा जातीय एवम् सामुदायिक वैमनश्यता निम्त्याउन नहुने तर्फसचेत हुनुपर्नेमा जोड दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अब बन्ने संविधानले आदिवासी जनजातिहरूलाई राज्यसत्तामा पहुँच सुनिश्चित पार्नुपर्ने बताउनुभयो। बेटर नेपालका सहसचिव मिलन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सभासद्हरू पासाङ शेर्पा, लालबहादुर पण्डितलगायतले आदिवासी जनजातिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई सरकारले इमानदारीपूर्वक पालना गर्नुपर्ने धारणा राख्नुभयो।

No comments: