News

Sep 16, 2009

गाउँले र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी भदौ ३१ - भारतीय डाँका समूहको प्रतिकारमा मंगलबार राति सुनसरीको राजगन्ज सिनुवारीका दुई गाउँलेको मृत्यु भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउन्ड भन्दा बढी हवाई फायर गरेको छ। गाउँलेले प्रहरीबिरुद्ध चर्का नाराबाजी गरी सशस्त्र प्रहरीले प्रयोग गरेको एउटा गाडीमा तोडफोड र आगजनी गरेका छन्। मध्यरात एक दर्जन बढीको संख्यामा आएका भारतीय डाका समुहले राजगन्ज सिनुवारी-८ मा चौपया लुटन आएको समुहको प्रतिकारमा सोही ठाउँका ५० बर्षीय लालजी सरदार र वडा नम्बर-९ का ३२ बर्षीय चन्द्रदेव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद ढकालका अनुसार डाका समुहको गोली प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। भारतीय सीमा क्षेत्रमा जोडिएको सो स्थानमा गाउँलेको प्रतिकारपछि डाका समुहले राजगन्ज सिनुवारी-८ वाट ११ वटा गाईवस्तु लुटेर लगेको छ। घटनापछि गाउँलेले सुरक्षाको माग गर्दै बुधबार बिहानैदेखि राजगन्ज सिनुवारीमा जुलुस प्रदर्शन गरेका छन्। प्रहरीलाई घटना लगतै जानकारी गराएपनि ढिला पुगेकोमा गाउँलले प्रहरीको हातहतियार समेत खोस्न खोज्दा दोहोरो झडप समेत भएको छ।गाउँलेले प्रहरीबिरुद्ध चर्का नाराबाजी गरी सशस्त्र प्रहरीले प्रयोग गरेको एउटा गाडीमा तोडफोड र आगजनी गरेका छन्। गाउँलेले प्रहरीको गाडी तोडफोड र आगजनी गरेपछि प्रहरीले २५ राउण्ड बढी हवाई फायर र केही अश्रृग्यास प्रहार गरेको प्रहरी नायब उपरीक्षक ढकालले बताए। गाउँलेले डाका समुहको गोली प्रहारबाट मृत्यु भएका सरदार र यादवको शव समेत उठाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर शव उठाएको छ। प्रहरीले शव उठाएपछि दिउँसो देखि भने त्यहाँको स्थिती सामान्य भएको छ।सुनसरीको भारतीय सीमा जोडिएको स्थानमा पटक-पटक डाका समुहले लुटपाट गर्ने गरेको छ ।

No comments: