News

Sep 12, 2009

विजयपुर धरानमा विशाल लिम्बुवानी आमसभा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,विजयपुर धरान/डी. बी. लिम्बू
भदौ २७/जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संखुवा अरुण सप्तकोशीपूर्वको नौवटा जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्ततासहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन जन दवाब र जनऐक्यवद्धतास्वरुप लिम्बुवाकने ऐतिहासिक नगरी विजयपुर धरान लिम्बुवानमा संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा भइरहेको छ । आयोजक समितिको अनुसार लिम्बुवानको नौवटै जिल्ला र काठमाडौबाटसमेत नेता तथा कार्यकर्ताहरु आउने क्रमजारी छ । साथै, सम्पूर्ण तयारी सम्पन्न भर्इ धरान नगर परिक्रमा गर्ने तयारी भइरहेको छ । धरान नगर मञ्च र परिषदको झण्डा तथा व्यानरहरुले सजिएका छन् भने धरानको भानुचोक क्षेत्र खाली गरिएको छ । यस वरिपरि लिम्बुवानी भावनाले ओतप्रोत भएका सांगितिक धुनहरु गुञ्जिरहेको छ । यस कार्यक्रममा जुलुर साँस्कृतिक झाँकीहरुको समेतको सहभागिता रहने जनाईको छ । यो आमसभा लिम्बुवानकै अहिलेसम्मो विशाल र व्यापक हुने आसा गरिएको छ । जनसभालाई मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका प्रमुख नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस विशाल जनसभाले संविधानमा संखुवा अरुण सप्तकोशीको सम्पूर्ण भूभागलाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गर्न सशक्त आन्दोलनको तयारी र वातावरण बनाउने अपेक्षा गरिको छ ।

No comments: