News

Sep 10, 2009

जनक्रान्तिकारीका प्रवक्ता सहित चारजनाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर, भदौ २५ अपराधिक समूह तराई राष्ट्र जनक्रान्तिकारीका प्रवक्ता सहित चारजनाई भारतीय प्रहरीको टोलीले दरभंगाको अलरपाटीबाट पक्राउ गरेको छ। भारतमा बसेर नेपालको तराई क्षेत्रमा अपराधिक गतिविधिमा सक्रिय रहेको सो समूहका प्रवक्ता सहित अन्य तीन केन्द्रिय सदस्यलाई भारतको दरभंगाको अलरपटीमा पक्राउ गरिएको हो। पक्राउ परेका केन्द्रिय प्रवक्ता विवश विद्रोही भनिने रन्धिर सिंह केन्द्रिय सदस्यहरु रामबाबु यादव, रामनारायण यादव र रामविलास यादवलाई नेपाल प्रहरीलाई बुझाउन तयारी भइरहेको भारतीय प्रहरी स्रोतले बतायो।उनीहरुबाट तीन थान पिस्तोल, एक दर्जन गोली लगायतका हातहतियार समेत बरामद भएको छ।तराईमा सरकारले विशेष सुरक्षा योजना लागू गरेपछि सशस्त्र समुहका अगुवाहरु भारतमा शरण लिन थालेका छन्। अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत लगायत सशस्त्र समुहका अधिकांश नेताहरु भारतीय भुमिमा बसेर काम गर्दै आएका छन्।

No comments: