लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhVb3P8zbb0lfHMzN4J1AIb1T6ve7YFro56ZCGeAU3VXy8GDBS5uEsBZ_SuHJvhyphenhypheneP3SAAIaV8efh5rzK02_Z34X3DHE8rrf_GqENLb_Ivf6mWxRhKUw7l6DiKgYI37NZmnI-cJcv4uBZk/s320/dragon_366492887.jpg)
हङकङस्थित ड्रागन एयरले काठमाडौंतर्फको उडान संख्या बढाएको छ । एयरको परिवर्तित तालिकाअनुसार अक्टोबर १ देखि साप्ताहिक रुपमा पाँच उडान भर्नेछ । यसअघि ड्रागनले जाडोमा साप्ताहिक चार तथा गर्मीमा तीन उडान गर्दै आएको थियो । सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष-२०११ लाई सहयोग पुर्याउने उद्देश्यले उडान संख्या थप गरेको एयरका लुइस लिले बताए । उडान संख्या सँगै कम्पनीले साविकको भन्दा १९० सिट बढी क्षमता भएका ए ३३० हवाईजहाज प्रयोग गर्ने उनले बताए । एसियाका विभिन्न २९ क्षेत्रमा उडान भर्दै आएको ड्रागन विश्वप्रसिद्ध हवाई सेवाप्रदायक क्याथे प्यासिफिक समूहको सहायक कम्पनी हो ।
No comments:
Post a Comment