News

Sep 14, 2009

ऊर्जामन्त्रीमाथि माओवादीका कार्याकर्ताले ढुङ्गामुढा प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिशुली (नुवाकोट), भदौ २९ - नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा ऊर्जामन्त्री प्रकाशशरण महतमाथि एकीकृत नेकपा (माओवादी)का कार्याकर्ताले विदुरमा कालोझन्डा देखाउनुका साथै ढुङ्गामुढा प्रहार गरेका छन्। नुवाकोट निर्माण व्यवसायी सङ्घको छैटौं साधारणसभा एवम् पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन आएका ऊर्जामन्त्री महतविरुद्ध माओवादीले विदुरको नुवाकोट चोकदेखि ३२० मिटर टाढाको लोकतान्त्रिक चौतारासम्म कालोझन्डा देखाई नाराबाजीसहित विरोध गरेका थिए।'ल साथीहरू देखाउनुस् कालो झण्डा' भन्दै मन्त्री महत गाडीबाट ओर्लिएपछि सुरक्षाकर्मीलाई मन्त्रीको सुरक्षा हम्मे परेको थियो।
मन्त्री महत विदुर चोकदेखि झण्डै चार सय मिटर पर कार्यक्रमस्थल जिल्ला विकास समितिको हलसम्म पैदल नै गएका थिए।माओवादीले कालो झण्डा प्रदर्शन गरेपछि गाडीबाट सडकमा ओर्लेका मन्त्रीलाई ढुङ्गामुढासमेत प्रहार भएपछि प्रहरीले माओवादीमाथि लाठीचार्ज गरेको थियो। लाठी चार्जबाट माओवादीका दुईजना कार्यकर्ता घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गाप्रहारबाट प्रहरी निरीक्षक कोमल शाह घाइते भएका छन्।कालोझण्डा प्रदर्शनपछि आयोजित कोणसभामा जिल्ला इञ्चार्ज लक्ष्मी मुडभरीले सम्बोधन गरेका थिए।

No comments: