News

Sep 13, 2009

विरोध प्रदर्शन गर्न पुगेका माओवादीका सभासद गिरफ्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २७ राष्ट्रपतिको कदम सच्चिनु पर्ने तथा नागरिक सर्वोच्चता स्थापित गर्नुपर्ने माग राख्दै निषेधित क्षेत्र घोषित सिंहदरबारको दक्षिण गेटमा विरोध प्रदर्शन गर्न पुगेका माओवादीका सभासदलाई प्रहरीले गिरफ्तार गरेको छ। तिलक परियार, मीनकुमारी सुनार, झुङ्कीदेवी पासवान र सन्तोषी विकलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ। सभासद हरि श्रीपाइली सहित सभासदलाई नेपाल पुलिस क्लबमा राखिएको छ।श्रीपाली अर्का एक माओवादी केन्द्रीय सचिवालय सदस्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। निषेधित क्षेत्र तोड्न खोज्ने अन्य २८ लाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको प्रहरीले पुष्टि गरेको छ। बिहान गिरफ्तार सभासदलाई मध्यान्हसम्म छाडिएको छैन।

No comments: