News

Sep 16, 2009

संसद अवरुद्ध खुलाउन सबैलाई मान्य हुने संकल्प प्रस्ताव प्रस्तुत गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३१ - अवरुद्ध संसद खुलाउनका लागि प्रमुख तीन दलबीच सबैलाई मान्य हुने गरी अर्को संकल्प प्रस्ताव संसदमा प्रस्तुत गर्ने विषयमा छलफल भएको छ । सत्तारुढ गठबन्धनले सबैलाई मान्य हुने साझा संकल्प प्रस्तावलाई बिकल्पका रुपमा प्रस्तुत गरेको छ ।प्रस्तावका सम्बन्धमा दुई पक्षीय र त्रीपक्षीय बैठक बसेर टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको माओवादीसहित कांग्रेस र एमालेका बरिष्ठ नेताहरुको बैठक दोस्रो दिन सकरात्मक ढंगले अघि बढेको हो । मंगलबार बसेको बैठकमा खास प्रस्तावमा छलफल हुन सकेको थिएन ।बैठकपछि एमाले सचेतक भीम आचार्यले माओवादीले संसदमा प्रस्तुत गरेको संकल्प प्रस्ताव फिर्ता लिने तथा उसले उठाएको माग र सरकारी पक्षको अडानलाई समेट्ने गरी नयाँ प्रस्ताव ल्याउने बिकल्पमा छलफल भएको बताए ।'तीन दललाई नै मान्य हुने साझा संकल्प प्रस्ताव पेश गर्ने बिकल्पमाथि छलफल भएको छ' उनले भने, 'तर साझा संकल्प प्रस्तावलाई दलहरुबीच हुने आगामी छलफलले अन्तिम रुप दिने छ ।'माओवादी नेता नारायणकाजी श्रेष्ठले राजनीतिक गतिरोधलाई संवादबाट समाधान गर्न तीनै दल एकमत रहेको बताए । उनले संबादबाट सहमति पहिल्याउने सैद्धान्तिक सहमति भएपनि अब हुने दुई पक्षीय तथा त्रिपक्षीय बैठकहरुमा समाधानका ठोस उपाय खोजिने जानकारी दिए । उनका अनुसार शुक्रबारसम्म दुई पक्षीय छलफलले तिब्रता पाउने छ ।माओबादीका उपाध्यक्ष बावुराम भट्टराईले भने सहमतिका लागि सरकारी पक्षबाट ठोस प्रस्ताव नआएको बताए । 'गम्भीरतापूर्वक समस्या समाधान गर्न प्रधानमन्त्रीले संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्' उनले भने ।कांग्रेस नेता डा. रामसरण महतले सहमतिको लागि साझा संकल्पलगायतका अन्य बिकल्पमा छलफललाई निरन्तरता दिइने बताए । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाललगायत तीनै दलका बरिष्ठ नेताहरुको सहभागिता थियो ।

No comments: