News

Sep 10, 2009

कतारमा कार्यरत एक नेपालीको स्वाइनफ्लुबाट मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतार, भाद्र २५ - वैदेशिक रोजगारका क्रममा कतारमा कार्यरत एक नेपालीको स्वाइनफ्लुबाट मृत्यु भएको छ । रौतहट नर्कटीया २ का ४० वर्षीय शेख हरुनको तीन दिनअघि मृत्यु भएको हो ।कतारका सुपि्रम काउन्सिल अफ हेल्थ र पब्लिक हेल्थ डिपार्टमेन्टले उनको स्वाइनफ्लुबाट मृत्यु भएको पुष्टि गरेका छन् । विभागको पत्रमा हरुनको एच वन एन वन निमोनिया -सिभर एच वन एन वन निमोनिया बिथ एआरडीएस) बाट मृत्यु भएको उल्लेख छ । दोहास्थित नेपाली दूतावासमा स्वाइनफ्लुबाट मृत्यु भएको खबर बुधबार पुगेको थियो । खबर पाएलगत्तै दूतावासले शव स्वदेश लैजान कानुनी प्रक्रिया पूरा गरेको छ ।कतारमै कार्यतर मृतकका भतिजा शेख साद्र आलमका अनुसार भदौ ४ गते सामान्य ज्वरो, रुघा, खोकीबाट बिरामी भएका हरुनको १७ दिनपछि मृत्यु भएको थियो । स्वाइनफ्लुले नेपालीको मृत्यु भएको यो पहिलो घटना हो ।दोहाबाट करिब ६५ किमि उत्तरपश्चिम अलखोरमा कार्यरत हरुनले बिरामी भएको दुई दिनपछि मेडिकल पसलबाट सामान्य औधषि ल्याएर खाएका थिए । त्यसले निको नभएपछि उनलाई भदौ ९ गते अलखोरस्थित सरकारी हमाद अस्पतालमा जचाउन लगेको भजिता आलमले बताए । 'जचाएर औधषि खाँदा पनि ठीक भएन । ३ दिनपछि फेरि अस्पताल लग्यौं र त्यहीँ भर्ना गर्‍यो,' आलमले भने, 'रोगले च्याप्दै लगेको थियो, स्वाइनफ्लु भन्ने पत्ता लागेको सात दिनमा उहाँ बित्नुभयो ।' आठ वर्षदेखि कतारमा रहेका हरुन एउटा परोपकारी (च्यारिटेबल) संस्थामा प्रबन्धक तहमा काम गर्थे । आफन्तका अनुसार घरमा उनकी श्रीमती र तीन छोरा छन् ।कतारमै कार्यरत उनका गाउँले साथी शेख अमजदका अनुसार उनी एक इथियोपियन र दुई श्रीलंकाली साथीसँग बस्थे । इथियोपियनलाई पहिला स्वाइनफ्लु भएको र त्यही सरेको उनको भनाइ छ ।

No comments: