News

Sep 14, 2009

एउटाको शव खोज्दा अर्कैको लास भेटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुन्दरीजल, भदौ २९ - विगत डेढ महिनादेखि सुन्दरीजलको दहमा हराइरहेका विराटनगर स्थायी घरभई काठमाडौँको सुकेधारामा बस्दैआएका उत्सव निरौलाको लास आइतबार फेलापरेको महानगरीय प्रहरी प्रभाग, सुन्दरीजलले जानकारी दिएको छ।झरनादेखि तल ढुङ्गाको खोँचमा लास भेटिएको प्रभागका प्रहरी जवान रामकृष्ण भण्डारीले जानकारी दिए।एभरेस्ट इन्जिनियरिङ कलेजमा अध्ययनरत निरौला गत साउन १३ गते साथीभाईसित घुम्न गएका बेला दहमाथिको ठूलो ढुङ्गाबाट चिप्लिएर दहमा खसेका थिए। भदौ १३ गते सुन्दरीजल-८ का देवराज पुडासैनीले आफ्नै चार वर्षीय छोरी दिव्या पुडासैनीलाई दहमा डुबाएर मारेपछि उनको लास खोज्न खटिएको प्रहरी टोलीले डेढ महिनादेखि हराइरहेका निरौलाको लास फेलापारेको हो। पुडासैनीको लास अझै फेला पार्न नसकिएको पनि प्रहरी जवान भण्डारीले जानकारी दिए।

No comments: