News

Feb 16, 2009

हिलारी क्लिन्टन एसियाली मुलुकहरूको भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ जलवायु परिवर्तन, आणविक प्रसार रोक्ने, विश्वव्यापी आर्थिक संकटसँग जुझ्ने तथा एसियाली मुलुकहरूसँगको अमेरिकी सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन एसियाली मुलुकहरूको भ्रमणमा जाँदै छिन् । श्रीमती क्लिन्टनको जापान, इन्डोनसिया, दक्षिण कोरिया र चीनको भ्रमणबाट विश्वको आर्थिक, राजनीतिक तथा सैन्य शक्तिमा परिवर्तन गर्नका लागि आवश्यक दीर्घकालीन रणनीति तर्जुमा गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । एसियाली मुलुकहरूको भ्रमणको पूर्वसन्ध्यामा श्रीमती क्लिन्टनले आर्थिक संकट समाधानसहित ती मुलुकसँगको ऐतिहासिक साझेदारी एवं गठबन्धन थप मजबुत बनाउन एसियाली नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताइन् । एसियामा आणविक अस्त्र प्रसार रोक्न सहयोग गर्न अमेरिका तयार रहेको उनले उल्लेख गरिन् । राष्ट्रपति बाराक ओबामाको प्रशासनले उत्तर कोरियासँगको मैत्री सम्बन्ध थप मजबुत बनाउने धारणा श्रीमती क्लिन्टनले व्यक्त गरिन् ।

No comments: