News

Feb 17, 2009

सत्ता टिकाउने खेलमा ह्युगो चाभेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ह्युगो चाभेज १९९८ मा सत्तामा आए । देशविदेशमा उनको अति प्रशंसा गर्ने पनि छन्, त अति नै मन नपराउनेहरू । भेनेजुएलामा उनलाई बहुमत जनताले गरिबका लागि बोल्ने भनेर रुचाउँछन्, अर्काथरी छन् जो उनलाई अधिनायकवादी हुँदै गइरहेको अनुभव गर्छन् । उनी पहिले प्याराटु्रपर थिए । १९९२ मा असफल विद्रोह गरेपछि उनी नेताका रूपमा चिनिए । तर, उनले अझै धनी र गरिबका बीचको खाडल पुर्न भने सकेका छैनन् । विपक्षले २००२ देखि उनलाई वैधानिक रूपमा सत्ताबाट बाहिर्‍याउने खेल खेलेको छ, तर सकेको छैन । २००४ मा विपक्षले उनको नेतृत्वसम्बन्धी जनमतसंग्रह गरेको थियो । तर, मतदानबाट चाभेज नै बलिया भए । २००६ मा उनले राष्ट्रपतिको निर्वाचनमा अत्यधिक मत ल्याए । अहिले उनी २०१२ मा आफ्नो दोस्रो कार्यकालपछि पनि सत्तामा रहिरहन कसरत गर्दैछन् र सबैभन्दा पछिल्लो जनमतसंग्रहले यस्तै देखाएको छ । अब उनले जतिपटक जिते पनि सत्तामा बसिरहन पाउनेछ । उनकै भनाइअनुसार भेनेजुएलामा समाजवादी क्रान्तिले जरा गाड्न अझै उनलाई दस वर्षको समय चाहिएको छ । दोस्रोपटक उनले सफलता पाए । २००७ मा उनी थोरै मात्र अन्तरले हार्न पुगेका थिए । चाभेजले प्रस्तावित परिवर्तनले जनतामा शक्ति फिर्ता गर्ने बताएका छन् भने उनका आलोचकहरूले सत्तामोहमा लागेको आरोप लगाएका छन् ।

No comments: