News

Feb 11, 2009

नासामा नेपाली बैज्ञानिक चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका एक युवकले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मा वैज्ञानिक बन्ने सौभाग्य पाएका छन् । अमेरिकाको भर्जिनिया राज्यको हृयाप्टोनमा रहेको नासाको एयर स्पेस सेन्टरको स्याटेलाईट क्यालिब्रेसन साइन्टिस्ट पदमा ३० वर्षीय राजेन्द्र भट्ट हालै चयन भएका छन् । अमेरिकाको साउथ डेकोटा राज्यको साउथ डेकोटा युनिर्भसिटीबाट मास्टर अफ इन्जिनियरिङ गर्न नेपालबाट छात्रवृत्तिमा छानिएका भट्ट सोही युनिभर्सिटीका प्राध्यापकहरुको सहयोगमा नासाको बैज्ञानिक पदमा छानिएका हुन् । उनले हालै नासामा काम प्रारम्भ गरेको कुरा फोन मार्फत आफ्ना दाजु भुवन भट्टलाई जानकारी दिएका थिए ।

No comments: