News

Feb 13, 2009

माओवादीले सत्ता कब्जा गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव' ले वर्तमान सरकार ढालिए माओवादीले सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ ।'नेपाली जनताले सत्ताको नेतृत्व गर्ने वैधानिक अधिकार माओवादीलाई दिएका छन्, यदि बीचमै विकल्प खोज्ने दुष्प्रयास गरिन्छ भने हामी विद्रोहमार्फत सत्ता कब्जा गर्छौं' उहाँले भन्नुभयो । उहांले पुनर्गठित नेकपा माओवादीसँग आफ्नो पार्टीको सहकार्य हुनसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता विप्लवले भन्नुभयो- 'मातृकाले एकीकृत माओवादी छोडे पनि उहाँमा क्रान्तिको स्प्रिट भएकाले सहकार्य हुनसक्छ ।'

No comments: