News

Feb 13, 2009

नारायणहिटी संग्रहालय फागुन १५ गतेदेखि खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबारलाई यही फागुन १५ गतेदेखि जनताले संग्रहालयको रूपमा अवलोकन गर्न पाउने भएका छन्। २ सय ४० वर्षलामो राजतन्त्र पतन भएको दिन जेठ १५ गते संविधानसभाको घोषणासँगै नारायणहिटी संग्रहालय नामकरण गरिएपछि गएको असार १ गते गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संग्रहालयको विधिवत् उद्घाटन गर्नुभएको थियो। उद्घाटन गरिएको करिब ८ महिनापछि संग्रहालय र्सवसाधारणका लागि खुला गर्न लागिएको हो। ँनारायणहिटी संग्रहालयलाई प्राप्त भएको १ सय ७५ रोपनी जग्गामध्ये पहिलो चरणमा तत्कालीन राजाले उपयोग गरेको दरबारले ओगटेको क्ष्ँेत्र अग्रभागको प्रांगण सवारी पार्किङलगायतको स्थान र राजा त्रिभुवनलाई हिटलरले दिएको गाडी प्रदर्शनका लागि खुला गर्नेछौं’ -नारायणहिटी संग्रहालय व्यवस्थापन समितिका संयोजक एवम् पुरातत्त्व विभागका महानिर्देशक कोषप्रसाद आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो। खुला गर्न लागिएका क्ष्ँेत्रमा पर्ूवराजा र राजपरिवार बस्ने गरेका नारायणहिटी दरबार, र्सार्वजनिक भेटघाट गर्न प्रयोग गरिएको मंगल र त्रिभुवन सदन मुख्य आकर्षा रहेका छन्। संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रालयद्वारा बिहीबार गठित पाँच सदस्यीय कमिटीले संग्रहालयको व्यवस्थापन कार्य प्रारम्भ गरिसकेको छ। ँहामीले युद्धस्तरमा काम थालनी गरिसकेका छौं’, व्यवस्थापन समितिका संयोजक एवम् पुरातत्त्व विभागका महानिर्देशक आचार्यले भन्नुभयो- ँअधिकांश काम पूरा भइसकेको छ।’तयार गरिएको संग्रहालयमा दर्शकहरू मुख्यद्वार गौरीशंकरद्वारबाट प्रवेश गर्नेछन्। २० फिट अग्लो र २० फिट चौडाइ रहेको सो प्रवेशद्वार नेपाली काष्ठकला र मूर्तिकलाको उदाहरणका रूपमा लिइन्छ। संग्रहालयभित्र रहेको मुगु बैठकमा तत्कालीन राजा त्रिभुवनले संग्रह गरेका सामग्री, उनले प्रयोग गरेका टेबुल र अन्य सामग्री रहेका छन्। कूटनीतिक नियोगका प्रमुखहरूसँग बसेर छलफल गर्ने म्याग्दी बैठक, शाही रात्रि भोजनकक्ष, लमजुङकक्ष, तत्कालीन राजाले प्राप्त गरेका पदक राखिएको पर्वतकक्ष, पुस्तकालय रहेको रुकुम बैठक, विदेशी राजदूतहरूसँग बस्न र छलफल गर्न प्रयोग गरिएको रोल्पाकक्ष, विदेशी राष्ट्राध्यक्ष शयन गर्न प्रयोग गरिने दैलेखकक्षलगायत अवलोकन गर्न पाइनेछ।

No comments: