News

Feb 14, 2009

प्रचण्डले द्वन्द्वात्मक स्थितिका लागि तयार रहन आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्ताहरूलाई द्वन्द्वात्मक स्थितिका लागि तयार रहन आह्वान गरेका छन्। सशस्त्र द्वन्द्वपछि शान्तिप्रकृयामा आएर संयुक्त सरकारको नेतृत्व सम्हालिसकेपनि बारम्बार नयाँ विद्रोहको चेतावनी दोहोर्‍याइरहेका कारण प्रचण्ड र उनका माओवादी सहकर्मीहरू अन्य दलका नेताहरूबाट आलोचित हुनेक्रम रोकिएको छैन। तर शनिबार द्वन्द्वको स्थितिको तयारीको कुरागर्ने क्रममा उनले आफ्नै सत्ताको साझेदार रहेको नेकपा एमालेको नामै लिएर आलोचना गरेका थिए।सत्ताधारी दलको भ्रातृसंगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको एउटा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्ना कार्यकर्ताहरू द्वन्द्वात्मक स्थितिका लागि तयार रहनुपर्ने बताए। उनले भने, "शान्तिपूर्ण स्थिति सधैं रहँदैन।"आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति र द्वन्द्वको स्थितिका लागि तयार रहेर अघि बढेमा मात्रै क्रान्तिलाई सफल बनाउन सकिने बताए।

No comments: