News

Feb 12, 2009

प्रचण्डले एक करोड मूल्यको नयाँ गाडी नचढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापानबाट झिकाइएको झन्डै एक करोड मूल्यको नयाँ गाडी नचढ्ने भएका छन् । सरकारले मगाएको नयाँ गाडीका विषयमा आफूलाई पहिले थाहै नभएको उनको भनाइ छ । 'त्यो गाडी उहाँ (प्रचण्ड) प्रधानमन्त्री हुनुअगाडि नै मगाइएको हो । उहाँले त्यो नचढ्ने भन्नुभएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले भने ।नयाँ पत्रिकाको २७ माघको अंकमा 'प्रधानमन्त्री प्रचण्डलाई एक करोडको नयाँ गाडी' शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार छापिएलगत्तै टीकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले नयाँ गाडी नचढ्ने घोषणा गरेका हुन् । सरकारले प्रधानमन्त्रीका लागि जापानबाट मगाएको टोयोटा कम्पनीको अत्याधुनिक ल्यान्डक्रुजर जिप भारतको कोलकाता आइपुगेको छ । जिप आयात गरिरहेको अन्नपूर्ण वल्र्ड ट्रेडिङ प्रालि र सरकारबीच भएको सम्झौता अनुसार आगामी १२ फागुनभित्र नयाँ जिप प्रधानमन्त्री कार्यालयमा आइपुग्नेछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले चढिरहेकै गाडी प्रयोग गर्ने र नयाँ नचढ्ने जनाएको छ । उनले अहिले चढिरहेको बा१झ १०२९ नम्बरको टोयोटा गाडी सरकारले तीन महिनाअघि मात्रै नेपाल विद्युत् प्राधिकरणबाट ९० लाख रुपैयाँमा खरिद गरेको थियो । विज्ञप्तिमा अघिल्लो सरकारको पालामा गत वैशाखमै नयाँ गाडी खरिद प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।

No comments: