News

Feb 14, 2009

दक्षिण कोरियामा नेपालीहरु बेरोजगार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियामा कार्यरत नेपालीलाई त्यहाँका कम्पनीले काम नभएको भन्दै रोजगारीबाट निकाल्न थालेपछि खाने-बस्ने ठाउँको व्यवस्था नहुँदा अलपत्र पर्नेहरुको संख्या बढ्दै गईरहेको छ । आर्थिक मन्दीको कारण देखाउँदै कतिपय कम्पनीले रोजगार परिवर्तन गरिएको पत्र थमाउँदै कामबाट निकाल्न थालेको नेपाली कामदारले जानकारी दिएका छन्। दक्षिण कोरियामा कुनै पनि कम्पनीले कामदार राख्न नसक्ने भएको स्पष्ट कारण खुलाई विदेशी कामदारलाई कामबाट निकाल्न पाउने कानुनी प्रावधान छ। कोरियाका कम्पनीले कामदार राख्न नसक्ने आर्थिक अवस्थासहितको प्रमाण त्यहाँ रहेको मानव संशाधन बोर्डमा पेस गरेमा उसले कामदार निकाल्न सक्ने भएकाले पनि धेरै नेपाली बेरोजगार भएका हुन्। यसरी कम्पनीबाट निकालिएकामध्ये अधिकांशसँग दैनिक खाने खर्चसमेत नहुँदा बेखर्ची हुने गरेका छन । इपीएस अन्तर्गत कोरिया आएका कतिपय नेपालीले स्थानीय भाषा नबुझदा र बस्ने ठाउँको राम्रो व्यवस्था नहुँदा अप्ठयारो भोगिरहेका छन् रोजगार गुमाएका केही नेपालीहरु यहाँ रहेका चर्च र सेल्टरमा शरण लिएर बसिरहेका छन्। कोरियाका धेरैजसो चर्चले धर्म परिवर्तन एवम् इसाई धर्म प्रचारका लागि बेरोजगार नेपालीलाई खानेबस्ने ठाउँको प्रबन्ध गरिदिने गरेको एक नेपालीले बताए। विदेशी कामदारले एउटा कम्पनी छोडेको २ महिनाभित्र अर्को कम्पनीमा काम नपाएमा स्वतः स्वदेश फ़कनुपर्ने कानुन भएकाले हालसम्म सयौं नेपाली अवैधानिक भइसकेका छन्। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भिसा भए पनि २ महिना लगातार बेरोजगार भए अवैध हुने गर्दछन् ।

No comments: