News

Feb 11, 2009

तीन देशका लागि राजदूत नियुक्त गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद्को बैठकले ले तीन देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादवले अमेरिकाका लागि डा. शुकदेव शाह, बेलायतका लागि डा. रामस्वरत राय र जर्मनीका लागि सुरेश प्रधानलाई नेपाली दूतमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रवक्ता तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले मन्त्रिपरिषद्ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्रमुखमा नारायणप्रसाद चौलागाईंलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गरी मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरडी सिंह र रत्नेश्वरलाल कायस्थलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

No comments: