News

Feb 12, 2009

माओवादी सेनाले आठौं स्थापना दिवस मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजनको विषयलाई लिएर विवाद चलिरहेको बेला माओवादी सेनाले आठौं स्थापना दिवस मनाएको छ । नवलपरासीमा रहेको चौथो डिभिजन अन्तरगतको परिवर्तन स्मृति बिग्रेड हात्तीखोरमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइएको हो ।सो कार्यक्रममा माओवादीको सातवटै डिभिजनका सेना र सर्वसाधारणको उपस्थिति थियो। यस पटकको माओवादी सेना दिवस पट्का पड्काएर र आतसबाजी गरेर मनाइएको थियो। कार्यक्रम स्थललाई ध्वजा पतकाले सिंगारिएको थियो भने माओवादी सेना र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरू, अनमिन आईसीआरसीका प्रतिनिधिको उपस्थिति रहेपनि अन्य राजनीतिक दलको उपस्थिति थिएन ।

No comments: