News

Feb 11, 2009

मातृकाप्रसाद यादवले नयाँ पार्टी खोल्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीसँग असन्तुष्ट रहँदै आएका मातृकाप्रसाद यादवले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । एकीकरण गरिएको माओवादी पार्टीले पार्टीको मूलधारभन्दा बाहिर रहेर काम गरेको आरोप लगाउँदै नेता यादवले आफूले स्थापना गर्न लागेको पार्टीको नाम नेकपा माओवादी रहेको राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।उहाँले पुनर्गठन गर्न लागिएको पार्टी राष्ट्रिय पार्टी हुने र जनताको क्रान्तिका लागि लाग्ने प्रजातान्त्रिक पार्टी हुने दाबी पनि गर्नुभयो । यादवले आफू एकीकृत माओवादी पार्टीमा नभएको बताउँदै आफ्नो पार्टीको अध्यक्षमा अहिलेसम्म कुनै व्यक्ति नरहेको बताउनुभयो ।नेकपा माओवादी र नेकपा एकताकेन्द्र-मसालबीच हालै एकीकरण भइ एकीकृत नेकपा माओवादीको घोषणा गरिएको थियो । उहाँले मधेसका मुद्दालाई तन्काएर दलहरूले राजनीति गरिरहेको आरोप पनि लगाउनुभयो ।सरकारमा बसेकाहरूले जनआन्दोलका सहिद परिवारलाई राष्ट्रिय सम्मान दिन नसकेको, घाइतेको उपचार हुननसकेको, कन्जुस्याईं तरिकाले द्वन्द्वपीडितलाई राहत दिएको र मुलुकमा भ्रष्टाचार मौलाउन दिएको आरोप लगाउँदै नेता यादवले उत्पीडित मधेसी र उत्पीडित पहाडी जनताबीच एकता नभएसम्म नेपालको मुक्ति सम्भव नहुने जिकिर गर्नुभयो ।

No comments: