News

Feb 16, 2009

बैंकको ऋण नतिर्नेहरुमाथि कारवाही थालिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नियतवश बैंकको ऋण नतिर्नेहरुमाथि कारवाही अघि बढाउन गठन गरिएको कार्यदलले अब कारवाही थालिने जनाएको छ। सरकारले करीब तीन सय त्यस्ता ऋणीहरुको सूची तयार पारी उनीहरुको पासपोर्ट जफत एवं सम्पत्ती रोक्का गरी कारबाही अघि बढाउन एउटा कार्यदल गठन गरेको थियो। सो कार्यदलका संयोजक तथा एकीकृत माओवादीको तर्फबाट संविधानसभामा मनोनित सदस्य हरि रोकाले अब कारवाहीको प्रक्रिया तुरुन्तै थालिने बताए। उनले भने, "सूचीमा भएकाहरुका बारेमा प्रमाण खोज्ने र के कस्तो कानुनी प्रक्रिया अगाडि बढाउन सकिन्छ भनेर हामी हेर्न शुरु गर्छौं। कसैलाई थुनछेक पनि गर्नुपर्ने हुन सक्छ"। नियतवश ऋण नतिर्नेहरुका कारण बैंकहरुका करीब तीस अर्ब रुपियाँ डुबेको अधिकारीहरुको भनाइ छ। नेपाल राष्ट्र बैंकका गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले भने, "करीब तीन सय त्यस्ता ऋणीहरु छन् जसले तीस अर्ब रुपियाँ घाटा पु-याएका छन्।"

No comments: