News

Feb 16, 2009

लोकसेवा आयोगमा चार सदस्य नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषद्को सिफारिसमा सोमबार लोकसेवा आयोगमा चार सदस्य नियुक्त गरेका छन्। नियुक्त सदस्यमा टिकादत्त निरौला, कयोदेवी यमी, कृष्ण पोखरेल र राजेन्द्रप्रसाद साह छन्। लोकसेवा आयोगका अध्यक्ष तीर्थमान शाक्यले राष्ट्रपति यादवको उपस्थितिमा सोमबार नै नवनियुक्त चार सदस्यलाई पद तथा गोपनीयताको सपथ गराए। सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा अपराह्न चार बजे गरिएको थियो। निरौला प्रमुख विपक्षी कांग्रेसको, यमी माओवादीको, पोखरेल एमालेको र साह मधेसी जनअधिकार फोरमको सिफारिसमा सदस्य नियुक्त भएका हुन्। निरौला निजामती सेवा, यमी विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखरेल र साह प्राध्यापन सेवाबाट लोकसेवा लगिएका हुन्।संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्‍बाट सिफारिस ती चार जनाको नाममा सुनुवाइ गरेको थियो। साना दलका केही सभासदको विरोधबीच बहुमतले उनीहरुको नाम अनुमोदन गरेको थियो। लोकसेवामा अध्यक्ष एक जनामात्र हुँदा निजामती कर्मचारीको नियुक्ति, बढुवा, लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशन र कर्मचारीसम्बन्धमा परेका उजुरीको फर्छ्यौटजस्ता कार्य अवरुद्ध भएका थिए। चार सदस्यको नियुक्तिसँगै लोकसेवाले आफ्ना कार्य सुचारु गर्न सक्नेछ। अब अवरुद्ध सबै कार्य अब सुचारु गर्ने कार्य सुरु हुने जानकारी लोकसेवाका अधिकारीले दिएका छन्।

No comments: